भूकम्प

Image courtesy: pexels.com

– Kamal Shrestha. It’s a poem entitled “Earthquake” in Nepali Language. It is about the earthquake of political, cultural and social issues that is prevalent in the country due to corruption, distraction and dissimilar activities. You will get a literal translation from Google Translate.

पृथ्वी थर्केर आउने कम्पनले
आज ममा ल्याएको छ महाकम्प,
यता पनि भूकम्प,
उता पनि भूकम्प ।

संसार नै विथोलिदिएको छ,
चरीबरीले आँशु चुहाएको छ,
मुटुको भक्कानो, गानोमा परिणत भएको छ,
यहाँ म लाटोकसेरो झै
टुलुटुलु हेर्न मात्र सकेको छु,
किनकी म अन्धाधुन्धमा छु,
भूकम्पको अध्ययनमा छु,
सारा अस्ताएको, एउटा नालायक
नुन खाएको कुखुरा झैं,
लडिरहेको अनुभव बटुल्छु,
कम्पनको तरंगबारे अनभिज्ञ छु,
भूकम्पको विचित्रतादेखि भयभित छु ।

जताततै आएको भूकम्प
शोषणमा छ भूकम्प,
गरिबमा छ भूकम्प,
नेताको छुट्टै भुकम्प,
भाषणमा माइक्रोफोनको कम्प,
सत्ताधारी नीति अर्थनीति र राजनीति
बदलिन्छ दिनको दिन,
कहाँ आयो प्रजातन्त्र अनि गणतन्त्र?
कोही भोकानाङ्गाको नाङ्गै छन्,
शिक्षाको आधार काकाकुई झ,ैं
कराउनमा मात्र सीमित छ,
कम्प्युटर आयो,
इन्टरनेट चल्यो र प्रोग्राम गर्न थालियो,
तर अरुको वैज्ञानिकतामा
मात्र विचरण गरियो ।

म त सिधा उभिन पनि सकेको छुइन,
अर्कातिर देशमा भएको आक्रोशित पीडा,
हिंसा र हत्याको बीचमा जनता परेकाले
यहाँ अब विश्वमा शान्ती चाहने र
यही भूमीमा जन्मेका बुद्ध पनि,
आउने बाटो बिर्सने छन् रे !
यहाँ पैसा, स्वार्थ अनि घुसखोरीको भुकम्पले
मात्र काम गर्छ रे !
आखिर यो भूकम्प
कहिलेसम्म मात्र सीमित रहन्छ,
एकदिन ज्वालामुखी भएर विस्फोटन हुनेछ,
सारा सोत्तरमा परिवर्तन हुन्छ,
साँच्चै यो चक्रबिहुको
यता पनि भूकम्प,
उता पनि भूकम्प ।

अब त धर्मकर्म मै भूकम्प,
रेक्टर स्केलले नाप्न मात्रै बाँकी छ,
कतिखेर सहयोग र अनुदान दिन्छन भनी
दश औला गनिरहेका छन्,
चारमालाको यो जन्मभूमि
लोकतान्त्रिक गणतन्त्रको सजिव कार्यसँगै
आँगनमा फिँजिएको छ,
तर मेरो वक्षस्थलमा,
सुक्ष्म भूकम्प ल्याउन खोज्छ,
नजिकले गरेको थिचोमिचो,
अनुहारमा पट्टी बाँधी
लाज नमानी सहेको छ,
त्यो भित्र केही रहस्य छ ।
फिल्मको फिल्म स्टारले झै
अ्याक्सन र कटको भूकम्प ल्याएको छ ।

जसले हजुर भन्यो गोडा मोल्यो,
उसको मात्र कामको बखान र इमान्दारीता देखिन्छ
त्यसैले त यता पनि भूकम्प छ,
उता पनि भूकम्प छ ।

यहाँको संस्कृतिमै भूकम्प ल्याउनखोज्छ,
कसले कसलाई छुन सक्छ र
नयाँ पिडी आयो भन्यो अनि मोडर्न बन्यो
फैसनकै भूकम्प,
गीत गायो, गीतारको स्वर, तारको भूकम्प ।
मानसिक सन्तुलन बिग्रेपनि,
मरणासन्नसम्मको एउटै अभिनय,
एउटा समस्या आए पनि टार्ने जुक्ती धेरै,
म त एउटा जेलभित्र सिक्रीले बाँधिएको र
मनभित्र झुण्डिएको मृत्युदण्डको घण्टी झै
आत्मविश्वास शक्तिशाली बनाउने
परिकल्पनालाई तोड्न सक्दिन
फगत अन्यौलको यो जादू,
यता पनि भूकम्प जस्तै छ,
उता पनि त्यस्तै, यस्तै रहेछ भूकम्प,
त्यही भएर त आइरहन्छ, सानो–सानो कम्प ।

पृथ्वी थर्केर आउने कम्पनले
आज ममा ल्याएको छ महाकम्प,
यता पनि भूकम्प,
उता पनि भूकम्प ।

Published by Kamal Shrestha

An Alone Traveller, Intense Blogger, Creative Designer and an English Teacher.

14 thoughts on “भूकम्प

  1. Your reply was in important mail and I didn’t notice. Sorry for the late reply. As an expat in Muscat I am not having any idea of what problems I can mention. At present I thought I can share the environment related posts you are sharing here in my whatsapp as I am not active in any other social media. After sometimes if I get any idea I will surely do. I will share your previous post if you allow. Thank you for this opportunity. I will perform my best in this.

    Liked by 2 people

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Create your website at WordPress.com
Get started
%d bloggers like this: