“प्रकृति र मेरी मायालु”

– Kamal Shrestha
It’s a poem entitled “Nature and My Beloved” in Nepali Language. You will get literal translation from Google Translate. Hope you will get the taste of it. Thanks.

बिहानीको चिसो–चिसो ठन्डी पवनमा
मुस्कुराइरहेकी लजालु, निश्चल ती प्रकृती,
नङ्सिरी लागेर कठ्याङ्ग्रिए झैं,
अनायसै खुम्चिएका मानसपटलका स्मृति ।

अँध्यारो छिचोल्दै उत्प्रेरित किरणसँगै
पग्लन्छन् हिमालयमा हिऊका लोप्पाहरु,
रुखका पातहरुमा, शितका ढिक्का–ढिक्काहरु
स्फूर्तिले उमंगिन्छन्, हरियाली वनपाखा र डाँडाकाँडाहरु ।

सुनौलो प्रभातको सुरुवातसँगै सुमधुर आवाजमा
छङ्छङ् गर्छ खोला, कुना कोप्चा–कोप्चामा
एउटा रुखको छहारीमुनी, मेरी मायालु
पलपल, पर्खिरहेकी होलिन्, न्यानो मायाले ढाक्न ।

यो गजबको प्रकृतिका कुना–कुनामा,
तिम्रो सुवास अनि कोमल नयनतामा,
मेरो मुटु ढुक–ढुक गरिरहेछ,
दृश्य–दृश्यमा तिम्रो स्वरुप छमछमी नाचिरहेछ ।

स्वप्न सँधै मिठो हुन्छ भन्न सकिन्न,
एउटा बुढो रुख फेरी तन्नेरी कहिल्यै हुँदैन,
प्रकृति र तिमी एकसाथ एउटै रंगमा
आज भेट्नु छ, यस्तो दिन कहिल्यै आउँदैन ।

Published by Kamal Shrestha

An Alone Traveller, Intense Blogger, Creative Designer and an English Teacher.

29 thoughts on ““प्रकृति र मेरी मायालु”

  1. The Nepali language seems beautiful. I could relate it a little bit to the Awadhi language of the Awadh region of UP.
    Kindly add its English translation if that’s not too much of a burden.
    thank you

    Liked by 6 people

  2. Title is so good , I am sure poem will surely be awesome.will try to take the help of Google for Translation. A suggestion if you add a small paragraph about the poem in English.

    Liked by 2 people

  3. राम्रो कुरा त्यहाँ अनुवादक छ, नेपाली गाह्रो छ। चाखलाग्दो कविता, तर यो अंग्रेजीमा उपलब्ध हुनुपर्दछ। तपाईं आफैंलाई तुलना गर्न सक्नुहुन्छ।
    शुभेक्षा सहित

    Liked by 3 people

Leave a comment

Design a site like this with WordPress.com
Get started